उपचारका लागि धवलशमशेरलाई छाड्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत चैत १५  गतेको हिंसात्मक घटनापछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवलशमशेर जबरालाई छाडिने भएको छ।

स्वास्थ्योपचारका लागि उनलाई छाड्न लागिएको हो। उपचारपछि पुनः उनलाई हिरासतमा लिइने छ।

तीनकुनेमा भएको हिंसात्मक घटनापछि सोही राति नै प्रहरीले धवलशमशेरसहित राप्रपाका अर्का नेता रविन्द्र मिश्रलगायतलाई पक्राउ गरेको थियो। 

उनीहरूमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ। चैत २६ गते उनीहरूलाई थप १५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसअघि २ पटक गरेर उनीहरुलाई ११ दिन हिरासतमा राखिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।