वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गरिने जानकारी दिएका हुन्।

लिङ्देनले आफूहरू शान्तिपूर्ण रूपमा विरोधमा उत्रने उल्लेख गर्दै भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं। राजेन्द्र लिङ्देन थुनिन तयार छ।’

राप्रपाले वैशाख ९ गते देशभरका ७७ वटै जिल्लामा विरोध सभा गर्ने निर्णयसमेत गरेको छ।

यसैक्रममा, पार्टीका नेताहरू रविन्द्र मिश्र र डा. धवलशम्शेर राणालाई निशर्त रिहाइ गर्न माग गर्दै राप्रपाले कानूनी र राजनीतिक संघर्ष जारी राख्ने निर्णय लिएको छ।

राप्रपाले विरोध कार्यक्रमहरू शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।