दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुधारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेप्से २६.४९ अंकले बढेर २,७२२.७३ विन्दुमा पुगेर बन्द भएको हो।

आज कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। कुल २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज १८७ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ५९ वटा कम्पनीको शेयर घटेका छन्। त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ का शेयरमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनर को शेयरमा भएको छ। कम्पनीको मात्र १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।