कालोसूचीमा परे ४ निर्माण कम्पनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। 

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार चारवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।

कालोसूचीमा पर्ने कम्पनीहरूमा नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरिसिद्धि, काठमाडौं, कैलाश गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, कालिकाटार, मकवानपुर, नेपाल वन निगम लिमिटेड, केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं, वनगाड कुपिण्डे नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सल्यान छन्।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

ती निर्माण कम्पनीलाई एक वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।