सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ। विगत केही देनदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

आज सुनको मूल्य एकैपटक ३ हजार ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ रहेको थियो।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।