प्रभु बैंकका सीईओ अशोक शेरचनलाई सर्वोच्चको अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका प्रभु बैंकका सीईओ अशोक शेरचनलाई सर्वोच्चले अन्तरिम आदेश दिएको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेको हो, जसअनुसार शेरचनको सीईओ पद तत्कालका लागि जोगिएको छ।

शेरचनले सेन्चुरी बैंकसँगको मर्जपछि तेस्रो कार्यकालका रूपमा पुनः नियुक्ति पाएका थिए। सर्वोच्चको आदेशले उनको कार्यकाल २०८३ माघ ११ सम्म कायम रहनेछ।

यस आदेशसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे र हिमालयन बैंकका सीईओ अशोक राणाको पदसमेत सुरक्षित भएको देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।