राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुने बताइएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा मिश्र र राणा पक्राउ परेका थिए । राप्रपाले उनीहरूको रिहाइको माग गर्दै आएको छ ।

राप्रपाले राजसंस्था पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा चैत २६ गते काठमाडौंको बल्खुमा प्रदर्शन तथा खबरदारी सभा गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।