बालुवाटारमा कवाड मजदुरलाई अभद्र व्यवहार गर्ने नगर प्रहरी कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले साइकल डोर्उँदै हिँडेका एकजनालाई लछार पछार पारेको एउटा भिडियोले अहिले सामाजिक भाइरल छ । उक्त भिडियोमा नगर प्रहरीलेहरुले ति व्यक्तिको साइकल जवफत गर्न खोजेको देखिएको छ । त्यस्तै ति व्यक्तिले भने साइकल छोड्न मानेका छैनन् । 

काठमाडौँ महानगरका प्रमुख बालेन शाह र महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गाली खुवाईहरेको उक्त भिडियो काठमाडौँको बालुवाटारमा बुधबार बिहान करिब ८ बजेतिर खिचिएको हो ।  र ति साइकल डोर्याउँदै हिड्ने व्यक्ति कवाड व्यवसायी भएको खुलेको छ । 

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार बालुवाटार क्षेत्रबाट कवाड मजदुरहरुले बिहानको समयमा निकै हल्ला गर्ने गरेको गुनासो आएको थियो । त्यसपछि नगरप्रहरी इन्स्पेक्टर शम्भु विष्टको नेतृत्वमा उक्त क्षेत्रमा नगर प्रहरीहरु खटाइएको थियो । 

तर इन्स्पेक्टर विष्टले सही ह्यान्डल गर्न नसकेको नगर प्रहरी प्रमुख पाण्डे बताउँछन् । अहिले इन्स्पेक्टर विष्टलाई कारबाहीमा तानिएको छ । महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैरव्यवसायिक ढंगले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकोले निजहरुलाई उक्त जिम्मेवारीबाट मुक्त गरी महानगर प्रहरी ऐन २०८० बमोजिम आवश्यक करबाहीको लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको पाण्डेले जानकारी दिए । 

त्यस्तै कवाड मजदुरलाई उनको साइकल फिर्ता दिइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।