कांग्रेसमा कसैले भीम रावल बन्नु पर्दैन : थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा कसैले भीम रावल बन्न नपर्ने बताएका छन्।

बिहीबार (आज) बारा क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन,’ उनले भने, ‘कोही भीम रावल बन्दैन। किनकि यो कांग्रेस हो। यो हाम्रो पार्टी हो, बाको पार्टी होइन।’

एमाले नेता भीम रावल फरक मत राखेकैले पार्टीबाट निलम्बित भएका थिए। रावलको दृष्टान्त दिँदै थापाले कांग्रेस एमालेभन्दा फरक दल भएको बताएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।