हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजारको हत्यारा भन्ने आरोप इतिहासलाई पछाडि धकेल्नेहरूको प्रपञ्च भएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले युद्ध समयमा भएका मृत्यु युद्धको नियमअनुसार भएको र राज्य तथा विद्रोही पक्ष दुवैले कति मार्यो भन्ने अध्ययन गर्न सकिने बताए।

प्रचण्डले आफूमाथि बिना अध्ययन आरोप लगाइएको भन्दै आपत्ति जनाउँदै, अहिलेसम्म एक जनालाई पनि नपिटेको दाबी गरे। शान्ति प्रक्रियामा सबै दल, बुद्धिजीवी र नागरिकको भूमिका रहेकाले सत्यलाई लुकाएर शान्ति स्थायित्व सम्भव नभएको उल्लेख गरे।

उनले लोकतन्त्रलाई नेतातन्त्र भन्दै सबै नेता उस्तै हुन् भन्ने प्रचारले निरङ्कुशता र तानाशाहीलाई फाइदा पुगेको भन्दै चिन्ता व्यक्त गरे। साथै, द्वन्द्वकालका यौनजन्य हिंसाका पीडित महिलाहरूको न्यायका लागि कोही न कोहीले जोखिम उठाउनुपर्ने धारणा समेत राखे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।