ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताको धरौटी रकम घटाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताको धरौटी रकम घटाउने निर्णय गरेको छ।

प्राधिकरणको बोर्ड बैठकले हाल उद्योगीहरूले बक्यौताको २५ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था रहेकोमा घटाएर ५ प्रतिशत धरौटी राख्ने निर्णय गरेको हाे।

त्यस्तै प्राधिकरणले २०८१ सालमा देशभर सबैभन्दा बढी विद्युत खपत गर्ने १० ग्राहकलाई ‘सर्वाधिक महत्त्वपूर्ण ग्राहक’, प्रदेशस्तरमा बढी खपत गर्ने १० लाई अत्यन्त महत्त्वपूर्ण ग्राहक तथा वितरण केन्द्र अनुसार बढी खपत गर्ने १० ग्राहकलाई महत्त्वपूर्ण ग्राहकको सूचीमा राखेर विशेष प्राथमिकता दिने समेत उल्लेख गरेको छ।

यस्तो सूचीमा पर्न भने दुई महिनाभन्दा बढी बक्यौता नहुने शर्त राखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।