गगन थापालाई लक्षित गर्दै डा. महतको टिप्पणी : “जसले जे सुन्न चाहन्छ, त्यही बोलिदिएर पार्टी बन्दैन”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई क्षणिक लोकप्रियताबाट होइन, दूरदृष्टियुक्त योजनाबाट मात्रै सुदृढ बनाउन सकिने बताएका छन्।

शुक्रबार धनुषा कांग्रेसले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै उनले नाम नलिई गगन थापालाई लक्षित गर्दै तीव्र आलोचना गरेका हुन्।

“जसले जे सुन्न चाहन्छ, त्यही बोलिदिने शैलीले पार्टी बन्छ र? अहिले त जे पनि भनिदिने प्रवृत्ति बढेको छ। तर, योजनाबद्ध दृष्टिकोण नहुने हो भने त्यसले पार्टीलाई कमजोर बनाउँछ,” महतले भने।

उनले पपुलिस्ट शैलीको राजनीतिलाई अस्वीकार गर्दै पार्टी नेतृत्व अनुभवी, मूल्य र इतिहास बुझ्ने नेताको हातमा हुनुपर्ने धारणा राखे। “हावा जहाँ बग्छ, त्यतै लाग्ने नेताले कांग्रेस चलाउन सक्दैन। विचार, सिद्धान्त र संगठन बुझ्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनु पर्छ,” उनले जोड दिए।

अहिले कांग्रेसभित्र बढ्दो असहमति र वैचारिक खिचातानीको बीचमा महतको यो भनाइ गगन थापा समूहप्रति स्पष्ट संकेतको रूपमा हेरिएको छ। उनले सस्तो लोकप्रियताका पछाडि लागेर पार्टी सुदृढ नहुने चेतावनी दिँदै ‘मेक ग्रेट पार्टी अगेन’ को नारा पनि अघि सारे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।