दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  काठमाडौं जिल्ला अदालतले चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य संयोजक दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार नेपाल प्रहरीले काठमाडौं ल्याएर अदालतमा पेस गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंको स्वास्थ्यलाई ध्यानमा राख्दै उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ। 

अदालतले उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

उक्त प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। तीनकुने क्षेत्रमा तोडफोड र आगजनीका घटना भएका थिए। यसअघि, सोही घटनामा राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरा पनि हिरासतमा छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।