मिडिया मार्फत मोही प्रवर्द्धनमा योगदान दिएका निराज रानाभाट सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जन अपडेट डट कमका प्रबन्ध निर्देशक निराज रानाभाटलाई नेपाल डेरी एसोसिएशनले ‘राष्ट्रिय मोही दिवस तथा राष्ट्रिय मोही सेवन अभियान २०८१’ को अवसरमा सम्मान गरेको छ।

राजधानीको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा बिहीबार आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले रानाभाटलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरेका हुन्।

मोहीको मौलिकता, उपयोगिता, व्यवसायिकता र बजारीकरणमा निरन्तर मिडिया योगदान पुर्‍याउँदै मोहीको राष्ट्रिय प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै रानाभाटलाई सम्मान गरिएको हो।

एक दशकदेखि कृषि र आर्थिक क्षेत्रमा सक्रिय पत्रकार रानाभाटले आफ्ना समाचार सामग्रीमार्फत जनचेतना अभिवृद्धि र बजार विस्तारमा सघाएको भन्दै आयोजक संस्थाले धन्यवाद पनि व्यक्त गरेको छ।

कार्यक्रम नेपाल डेरी एसोसिएसनको नेतृत्वमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, एसोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नालिस्ट्स (अनाज), दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, कृषि उद्यम केन्द्र, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ, कृषि तथा पशुपन्छी व्यवसायी संघ र रोटरी क्लब अफ कपनको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

‘नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन’ भन्ने नाराका साथ सुरु गरिएको यो अभियान अन्तर्गत हरेक वर्ष चैत २८ गतेलाई मोही दिवसको रूपमा मनाइनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।