फोटो पत्रकार पुष्पा पाल सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फोटो पत्रकार पुष्पा पाललाई मोहीको मौलिकता र बजारीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको छ।

नेपाल डेरी एसोसिएसनले आयोजना गरेको राष्ट्रिय मोही दिवस तथा मोही सेवन अभियान २०८१ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले दोसल्ला र सम्मानपत्र प्रदान गरेका हुन्।

टक्मार मिडिया ग्रुपमा कार्यरत पालले तस्बिर र सामग्रीमार्फत जनचेतना अभिवृद्धिमा भूमिका खेलेको भन्दै एसोसिएसनले धन्यवाद समेत दिएको छ। ‘नियमित मोही सेवन, स्वस्थ र फूर्तिलो जीवन’ नारासहित सुरु भएको अभियान विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।