तारकेश्वर नगरपालिकाको ऐतिहासिक निर्णय: ‘कोख देखि शोकसम्म’ सहायता कार्यक्रम लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । तारकेश्वर नगरपालिकाले १६ औं हिउँदे नगरसभा मार्फत सामाजिक समावेशीकरण नीति अन्तर्गत ‘कोख देखि शोकसम्म’ सहायता कार्यक्रम ल्याएको छ। यो कार्यक्रम २०८२ सालको बैशाख महिनाबाट लागू हुनेछ।

कार्यक्रमअनुसार, नगरभित्र स्थायी बसोबास गर्ने परिवारमा जन्मिँदा प्रति बच्चा रु ५,०००, ८० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई रु २,०००, र मृत्यु भएको अवस्थामा प्रति व्यक्तिको परिवारलाई रु १०,००० सहायता प्रदान गरिनेछ।

नगरप्रमुख कृष्ण हरि महर्जनले नगरबासीको जीवनका महत्वपूर्ण चरणहरूमा साथ दिने उद्देश्यले यो कार्यक्रम घोषणा गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।