आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ ।

बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू आवको सोही अवधिमा ८ अर्ब रुपैयाँ बढी रकम विदेश पुगेको छ। 

चालू आर्थिक वर्षको ८ महिनामा ८८ अर्ब ९८ करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्ब १८ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो । 

खुद सेवा आय ।७५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको थियो। 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.७ प्रतिशतले वृद्धि भई ५६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ६९ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २०.६ प्रतिशतले वृद्धि भई रु.१४८ अर्ब ११ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ८८ अर्ब ९८ करोड रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १२२ अर्ब ८१ करोड रहेकोमा शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।