सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले वर्तमान सरकार सुधारोन्मुख नभए जनताले बंगलादेश र श्रीलंकाको जस्तो अवस्था ल्याउने चेतावनी दिएका छन्।

मंगलबार बल्खुमा आयोजित प्रदर्शनमा बोल्दै सिंहले देशमा राजतन्त्रबाहेक अब कुनै विकल्प नरहेको दाबी गरे। “देश बचाउन र जनतालाई यहीँ रोजगारी दिन राजाबाहेक अरु विकल्प छैन,” उनले भने।

सिंहले गत चैत १५ गते तीनकुनेमा पक्राउ परेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई निशर्त रिहा गर्न माग गरे। “यी विद्वानलाई उग्र बनाउने सरकार आफैं हो,” भन्दै उनले चेतावनी दिए, “निशर्त छाडिएन भने यसको मूल्य महंगो पर्न सक्छ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।