शिक्षा ऐन तत्काल जारी गरेर शिक्षकका माग पूरा गरियोस्: नेसपा, नयाँ शक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति)ले सरकारी विद्यालयका शिक्षकहरूको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

पार्टीका प्रवक्ता कृष्ण शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूको पेशागत हकहित सुनिश्चित हुने गरी शिक्षा ऐन चाँडो ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

शिक्षक आन्दोलनका कारण करिब ३५ हजार विद्यालय, चार लाख शिक्षक र ७० लाख विद्यार्थी प्रभावित भएको उल्लेख गर्दै, उनले सरकारको उदासीनतालाई विडम्बनायुक्त भनेका छन्।

विज्ञप्तिमा शिक्षा ऐनले गरिब र धनीका लागि अलग शिक्षा प्रणाली अन्त्य गर्नुपर्ने र विगतका सहमति अनुसार विधेयक तत्काल पारित गर्नुपर्ने माग गरिएको छ।

पार्टीले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।