नेपालमा राजतन्त्र फर्काउने पक्षमा भारत छैन : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक गोष्ठीमा बोल्दै  उनले ] भारतले राजसंस्थालाई पुनःस्थापित गर्ने विषयमा कुनै पनि भूमिका नराखेको बताए।  देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नेपाली दूतावासमा गएर राजतन्त्रप्रति समर्थन नरहेको खुलासा गरिसकेको उल्लेख गरे।

भारत लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको प्रष्ट्याउँदै, उनले नेपाली जनताले जुन प्रणाली रोज्छ, त्यही हुनेमा विश्वास व्यक्त  गरे। भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालमा प्रजातन्त्र स्थापनामा पुर्‍याएको योगदानलाई स्मरण गर्दै, देउवाले नेपालमा गणतन्त्र बलियो बनाउन राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा  राखे। राजतन्त्र पुनःस्थापनाका विषयमा फैलिएका हल्ला निराधार भएको देउवाको स्पष्ट टिप्पणी आएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।