थ्री स्टार क्लबको स्वर्ण जयन्तीमा पूर्वखेलाडीबीच मैत्रीपूर्ण खेल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । थ्री स्टार क्लबले आफ्नो ५० औं स्वर्ण जयन्तीको अवसर पारेर पूर्वखेलाडीहरूबीच मैत्रीपूर्ण फुटबल खेल गर्ने भएको छ।

यसै सन्दर्भमा बिहीबार मंगलबजारमा पत्रकार सम्मेलन राखेर कार्यक्रमको बारेमा जानकारी दिइएको थियो। क्लबका महासचिव धर्मेन्द्रराज शाक्यले चैत २३ गते शनिबार बुद्धि विकास मण्डलको मैदानमा दिउँसो १:३० बजे खेल गरिने जानकारी दिए।

उहाँले भन्नुभयो, “पूर्वखेलाडीहरूलाई फेरि एक ठाउँमा भेला गराउने र भेटघाट गराउने उद्देश्यले यो मैत्रीपूर्ण खेल राखिएको हो। करिब ६० जना खेलाडीहरूले खेल्ने गरेका छन्।”

यस्तै, क्लबले चैत २९ गते अशोक हलमा पूर्वखेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखेको छ। क्लबले सांगीतिक प्रस्तुति, नेवा भ्वय् कार्यक्रम, स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम पनि गर्ने योजना बनाएको छ।

कार्यक्रमबारे थप जानकारी दिँदै, वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले भने, “स्वर्ण जयन्तीको बहानामा क्लबसँगको सम्पर्क अझ बलियो बनाउने, भाइचाराको भावना बढाउने काम हुनेछ भन्ने अपेक्षा गरिएको छ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।