प्रथम क्योकुशिन रियो राष्ट्रिय प्रतियोगिता २०२५ मा आईकेओकेका साहिर श्रेष्ठ प्रथम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । प्रथम क्योकुशिन रियो राष्ट्रिय प्रतियोगिता २०२५ मा आईकेओके क्योकुशिनकाई कराते डोजो, नखिपोटका साहिर श्रेष्ठले खुला तौल समूहमा प्रथम स्थान हासिल गर्दै डोजोको शान बढाउन सफल भएका छन्।

शनिबार ललितपुरको नखिपोटमा सम्पन्न प्रतियोगिता इन्टरनेशनल कराते एलायन्स क्योकुशिन रियोको आयोजनामा भएको हो। प्रतियोगितामा आईकेओके डोजोका अन्य खेलाडीहरूले पनि सराहनीय प्रदर्शन गरेका छन्।

खुला तौल समूहमा साहिर श्रेष्ठ पहिलो तथा सोही डोजोकै दिनेश बम्जन दोस्रो स्थानमा रहे। पासाङ घलान तृतीय तथा प्रशात सुनुवारले सान्त्वनामा चित्त बुझाए।

महिलातर्फ ३०–३५ के.जी. तौल समूहमा अञ्जली राई दोस्रो र रियान्सा बि.क. तेस्रो भइन्। ३५–४० के.जी. समूहमा अम्बिका घिमिरेले प्रथम स्थान प्राप्त गरिन् भने सुस्मिता बि.क. सान्त्वनामा सीमित भइन्।

४०–४५ के.जी. तौल समूहमा अञ्जु श्रेष्ठ, ४५–५० के.जी. मा जेनिसा बि.क. दोस्रो भइन्। महिला खुला तौल समूहमा एलिसा बि.क. तेस्रो तथा तायमा बान्तवा राईले चौथो स्थान हासिल गरिन्।

पुरुषतर्फ २५–३० के.जी. तौल समूहमा रोहिस बि.क. तेस्रो, ३०–३५ के.जी. मा जेसिस राई प्रथम र सर्वन श्रेष्ठ दोस्रो भए। ३५–४० के.जी. मा कृष्ण चौधरी, ४०–४५ के.जी. मा करन शाही प्रथम, भने रामराजा लोप्चन दोस्रो भए। ४५–५० के.जी. मा सोनाम मोक्तान प्रथम र रेसङ् सुनुवार दोस्रो भए।

काता प्रतियोगितातर्फ लिसन मगरले तेस्रो स्थान हात पारे।

आईकेओके डोजोका प्रशिक्षक सेन्सेइ समीर श्रेष्ठका अनुसार डोजोका २९ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगितामा ५ वटा संघका ९२ जना खेलाडीहरू सहभागी भएका थिए भने आयोजनाका अध्यक्ष रितुवर्तन राईले यसबारे जानकारी दिएका थिए।

आईकेओके डोजोका अध्यक्ष दिपक लामाले नियमित अभ्यास र कठिन मेहनतका कारण खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।