माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उनले आग्रह गरेका छन् ।

महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्लोन भइरहेको छ । महासङ्घ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताए । उनले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।