दुर्गा प्रसाईंले भने- नेपालमै छु, भावी रणनीति तयार गर्दैछुु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन्। शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनाएको आरोप लागेका प्रसाई हाल फरार अवस्थामा रहेका छन्।

भूमिगत बनेका प्रसाई भारत पुगिसकेको हल्ला चलिरहेका बेला उनले आफ्नो सचिवालयको फेसबुक पेजमार्फत नेपालमै रहेको दाबी गरेका हुन्। फेसबुक पोस्टमा उनले आफूलाई ‘सिंह’ को संज्ञा दिँदै अहिले भावी रणनीति तयार पार्न व्यस्त रहेको उल्लेख गरेका छन्।

“सिकार गर्नुभन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ! दुर्गा प्रसाई सिंह नै हो, अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो!” उनको पोस्टमा उल्लेख छ।

उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै राजनीतिक नेताहरूलाई भविष्यमा त्यस्तो सुरक्षित स्थान नमिल्ने चेतावनी समेत दिएका छन्। “मैले त लुक्ने ठाउँ भेटेको छु, नेपालमै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख!” उनले पोस्टमा भनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।