डिजेल/मट्टितेलमा २ रुपैयाँ घट्यो,पेट्रोलको मूल्य यथावत्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ।

निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको हो।

यसैगरी, हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले मूल्य घटाइएको छ।

पोखरा र भैरहवामा भने ब्रेक इभेन प्वाइन्टअनुसार मूल्य कायम गरिएको निगमले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।