त्रिवि केन्द्रीय क्याम्पस सभापतिमा ८ भोटले नेविसंघका दिपक राज जोशी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दीपक राज जोशी विजयी भएका छन्।

सोमबार सम्पन्न निर्वाचनमा उनले ७८९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए।

कुल ३,११८ मत खसेको निर्वाचनमा जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतको झिनो अन्तरले पराजित गरे।

भट्टले ७८१ मत प्राप्त गरे। क्रान्तिकारीका प्रवीण दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ र अर्का स्वतन्त्र उम्मेदवार पद्मा भुसालले १६६ मत पाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।