ज्योति विकास बैंकले दियो सुदूरपश्चिमका ४ अस्पताललाई ‘बेबी वार्मर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूलाई बेबी वार्मर प्रदान गरेको छ ।

बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको महत्त्व ध्यानमा राखी बेबी वार्मर सहयोग स्वरूप प्रदान गरेको जनाएको छ ।

नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन जीवनरक्षक चिकित्सा उपकरण बेबी वार्मर (न्यानो नानी) प्रयोग गरिन्छ ।

बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अतिदुर्गम चार स्थानमा ती मेसिन जडान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकता मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका ती स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो।

विभिन्न कार्यक्रम मार्फत बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले ती स्वास्थ्य चौकीका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिमा ती बेबी वार्मर हस्तान्तरण गरेका हुन् ।

ज्योति विकास बैंकको पहलमा बैतडी दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ । साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका-२ सर्मौली अवस्थित सर्मौली हेल्थ पोस्ट र अपि हिमाल गाउँपालिका-५ सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ ।

यस अतिरिक्त बैंकले बाजुरा बुढीगंगा नगरपालिका-२ ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थपोस्टमा पनि बेबी वार्मर जडान गरेको छ । बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसूति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकाय पनि थप उत्साहित भएका छन् ।

त्यस अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम समेत प्रदान गरिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।