प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठक डाकेका छन्। 

सिंहदरबारमा बैठक बस्ने गरी साँझ ७ बजेका लागि प्रधानमन्त्री ओलीले बैठक डाकेको निजी सचिवालयले जनाएको छ। 

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका नेताहरूलाई डाकिएको छ। कांग्रेस सभापति काठमाडौं बाहिर रहेका कारण फर्केपछि बैठक बस्ने तय भएको हो। 

बैठकमा शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनबारे छलफल हुने भएको छ। 

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।