अन्तरिक्ष मिसनका लागि नासाद्वारा नयाँ चालक दल सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नासाले शुक्रबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आफ्नो आगामी अभियानका लागि चार सदस्यीय चालक दलको अनावरण गरेको छ।

‘क्रू–११’ मिसनमा नासाका अन्तरिक्ष यात्री जेना कार्डम्यान र पाइलट माइक फिन्के रहेको नासाले जनाएको छ।  

मिसनमा जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी अन्तरिक्ष यात्री मिसन विशेषज्ञ किमिया युई र रोस्कोसमोस अन्तरिक्ष यात्री मिसन विशेषज्ञ ओलेग प्लेटोनोभ सामेल हुनेछन् ।

नासाका अनुसार यो मिसन जुलाई सन् २०२५ भन्दा पहिले प्रक्षेपण हुने तय गरिएको छ।

यो उडान नासाको व्यावसायिक क्रू कार्यक्रमको एक भागको रूपमा स्पेसएक्ससँग स्टेशनमा ११ औं क्रू रोटेशन हो।

नासा चालक दलले वैज्ञानिक अनुसन्धान र टेक्नोलोजी प्रदर्शनहरू सञ्चालन गर्ने जनाएको छ। यसले मानवहरूलाई भविष्यको चन्द्रमा मिसनहरूको लागि तयार गर्न मद्दत गर्नेछ, साथै पृथ्वीका मानिसहरूलाई पनि फाइदा पु¥याउँछ। सिन्ह्वा

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।