दुर्गा प्रसाईं भन्छन्- मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले सरकार आफूलाई नजरबन्दमा राख्ने योजनामा लागेको दाबी गरेका छन्।

उनले सरकार अत्तालिएको भन्दै आफूलाई नियन्त्रणमा लिने योजना बनिरहेको बताए। ‘सरकार अत्तालिएको छ, मलाई नजरबन्द गर्नेसम्मको योजना बुन्दैछ। तर, म डराउँदिनँ, भाग्ने छैन,’ प्रसाईंले भने।

प्रसाईंले चैत १५ अर्थात् भोलि नेपालीहरूको मुक्तिका लागि महत्वपूर्ण दिन हुने बताए। उनले नेपाल अहिले इतिहासकै कठिन मोडमा रहेको भन्दै आम नागरिकले अब चुप लागेर बस्न नहुने बताए।

‘नेपाल आज इतिहासकै सबैभन्दा कठिन अवस्थामा आइपुगेको छ। नेपालभित्र नेपाली छैनन्, व्यापार छैन, रोजगारी छैन। मुट्ठीभर मारवाडीको हातमा राज्यको सारा सम्पत्ति छ। बैंक, सहकारी तथा लघुवित्त पीडितको रुवाबासी छ। हामी नेपाली अभिभावकविहीन छौँ। अब हामी चुप लागेर बस्ने दिन छैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले अब देशको रक्षा केवल कुनै दल, संस्था वा विचारका आधारमा मात्रै सम्भव नहुने पनि उल्लेख गरेका छन्।

प्रसाईं पछिल्लो समय सक्रिय रूपमा राजसंस्थाको पुनर्स्थापनाका पक्षमा आवाज उठाउँदै आएका छन्। उनले विभिन्न ठाउँमा प्रदर्शन तथा सभा आयोजना गर्दै आएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।