काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ।
आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै उनी बुधबार अपराह्न सर्वोच्च पुगेका थिए।
कुलमानले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलाई विपक्ष बनाएका छन्।सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने कुलमानको माग रहेको छ।
Comment