विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक १ घण्टाका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बिहीबार राष्ट्रिय सभा बैठकको कारबाही शुरु गर्न खोज्दा विपक्षीहरुले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका हुन्।

विपक्षीहरु उठेर विरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले नेकपा ९एकीकृत समाजवादी० का सांसद डा। वेदुराम भुसाललाई बोल्न समय दिएका थिए। डा। भुसालले कुलमान घिसिङलाई सरकारले गरेको पदमुक्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिए।

अवरोधका बीच अध्यक्ष दाहालले नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलालाई बोल्न समय दिए। सांसद सिटौलाले सरकारले ल्याएको विधेयक ६० दिन भित्र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकाले बैठक सुचारु गर्न आग्रह गरे। उनले विपक्षीहरुले ६० दिनको समय सीमा कटाउनका लागि अवरोध सिर्जना गरेको आरोप लगाए।

पटक पटक आशन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरुले अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरे। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।