माओवादी सशस्त्र द्वन्द्वलाई प्रधानमन्त्री ओलीले भने ‘राष्ट्रिय गल्ती’ हाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने प्रयासमा रहेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले मौलिक ढंगले शान्ति प्रक्रिया अघि बढाएको उल्लेख गर्दै बाँकी काम कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको समझदारीमै टुंग्याइने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैँले शुरु गरेका छौँ । हामी आफैँले अगाडि बढाएका छौँ । कसले श्रेय लिने हो भन्नेकुरा छोडिदिऔँ । म यसलाई सफल मात्रै पार्न चाहन्छु, श्रेय म बाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन, श्रेय चाहिएन । सफल पारौँ । पीडितका घाउमा मल्हम लगाऔँ । उहाँहरुका आँशु पुछौँ । नेपाली जनतालाई निश्चिन्त बनाऔँ की अब नेपालमा शान्ति हुनेछ । यस्तो भायलेन्स हुनेछैन, यसरी मान्छे पीडित हुनुपर्ने छैन । हामी बीचकै कुरा त हो यो । हामीले वास्तवमा संकल्प गर्ने हो भने यसलाई टुंग्याउन नसक्ने कुरा छैन । पीडितलाई न्याय दिन नसकिने कुरा छैन । सकिन्छ, सक्नुपर्छ । हामी सक्छौँ । त्यही विश्वासका साथ प्रधानमन्त्रीको हैसियतले म लागेको छु, यो विश्वास दिलाउन चाहन्छु । त्यसैले म प्रधानमन्त्री भए लगत्तै लामो समयदेखि अड्एिको ऐन पास गर्न सबै पक्षलाई आग्रह गरेँ ।’

उनले हिंसाका घटनालाई लिएर बिदा मनाउने प्रवृत्तिलाई प्रश्न गर्दै माओवादी द्वन्द्वलाई ‘राष्ट्रिय गल्ती’को संज्ञा दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।