राजतन्त्र फर्कने कुनै आधार छैन : बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन्। रिपोटर्स क्लब नेपाल दाङद्वारा घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्षबाट स्थापित भएकाले केही राजावादी सडकमा उत्रिँदैमा त्यसलाई ढाल्न नसकिने तर्क गरे।

उनले हालको व्यवस्थामा समस्या नभई नेतृत्व तहमा सुधार आवश्यक रहेको बताए। साथै, उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक रहेको उल्लेख गर्दै, यस्तो व्यवस्थाले सरकार स्थिर राख्ने र आर्थिक विकासलाई संस्थागत गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, भट्टराईले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राम्रो काम गरिरहेकाले उनलाई पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।