ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकै मञ्चमा सहभागी भएका छन्।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज काठमाडौंमा आयोजित ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटन गरेका छन्।

सम्मेलनमा तीनै नेताले सम्बोधन गर्दै संक्रमणकालीन न्यायको प्रक्रिया, द्वन्द्व पीडितहरूको हक तथा न्यायको सवालमा सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। तीनै नेताले द्वन्द्वको दौरान भोगेका दुःखका बारेमा चासो व्यक्त गर्दै, पीडितहरूलाई न्याय र परिपूरणीय अधिकार दिलाउनेतर्फ सरकारको ध्यान आकर्षित गरे।

सम्मेलनको उद्देश्य द्वन्द्व पीडितहरूको अधिकार सुनिश्चित गर्नु र नेपालमा न्याय र समानता प्रबर्धन गर्नु रहेको आयोजकले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।