नेपालको १६० देशसँग व्यापार, ३४ देशसँग मात्रै नाफामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल हाल १६० मुलुकसँग व्यापार गरिरहेको भए पनि तीमध्ये १२६ देशसँग व्यापार घाटामा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ। नेपालले जम्मा ३४ देशसँग मात्र व्यापार नाफामा राख्न सफल भएको छ, तर ती देशहरूसँगको कारोबार भने न्यून रहेको छ।

चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन) अवधिमा नेपालको व्यापार घाटा ६.२२ प्रतिशतले वृद्धि भई कुल ९ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको सामान आयात गर्दा केवल १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको सामान निर्यात गर्न सफल भएको छ। ३४ देशसँगको व्यापार जम्मा १ अर्ब १ करोड रुपैयाँ नाफामा रहेको छ भने बाँकी १२६ देशसँग ९ खर्ब ८८ अर्ब रुपैयाँको व्यापार घाटा छ।

नेपालले सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग व्यहोरेको छ। पछिल्लो ८ महिनामा भारतसँगको व्यापार घाटा ५ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ। चीनसँग पनि २ खर्ब १७ अर्ब रुपैयाँको व्यापार घाटा देखिएको छ। यद्यपि, भारतमा सोयाबिन तेलको निर्यात बढ्दै गएकाले व्यापार घाटा केही हदसम्म कम भएको बताइन्छ।

नेपालको व्यापार नाफामा रहेका मुलुकहरूमा अधिकांश युरोपेली देशहरू छन्, तर ती देशहरूसँगको कारोबारको आकार निकै सानो छ। दक्षिण एसियामा नेपालले अफगानिस्तान र माल्दिभ्ससँग व्यापार नाफामा राख्न सफल भएको छ। अफगानिस्तानसँग ६५ करोड ७९ लाख रुपैयाँ व्यापार नाफामा छ, जहाँ नेपालले १ करोड ५९ लाख १९ हजार रुपैयाँको सामान आयात गर्दा ६७ करोड ३८ लाख ८५ हजार रुपैयाँको सामान निर्यात गरेको छ।

त्यस्तै, माल्दिभ्ससँगको व्यापारमा नेपालले १ करोड ५३ लाख ७४ हजार रुपैयाँ नाफा गरेको छ। नेपालले माल्दिभ्सबाट ६६ हजार रुपैयाँको मात्र सामान आयात गरेको भए पनि १ करोड ५४ लाख ३९ हजार रुपैयाँको सामान निर्यात गर्न सफल भएको छ।

यस्तै, डेनमार्कसँग १८ करोड ९० लाख रुपैयाँ, रसियासँग २ करोड ५० लाख, अस्ट्रियासँग २ करोड १२ लाख, लाटभियासँग १ करोड ५९ लाख, क्रोयसियासँग १ करोड २२ लाख र आइसल्याण्डसँग १ करोड १० लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

नेपालले केही अन्य मुलुकहरूसँग पनि व्यापार नाफामा राख्न सफल भए पनि ती देशहरूसँगको कारोबार निकै सीमित रहेको छ। नर्वे, मोरिसस, लेबनान, फिनिजी, मोरक्को, पपुवा न्युगिनी, बोस्निया हर्जगोभिना, जाम्बिया, उरुग्वे लगायत २६ देशसँगको व्यापार नाफा १ करोड रुपैयाँभन्दा कम रहेको छ।

विशेषज्ञहरूका अनुसार नेपालले निर्यातको अवसर बढाउन र व्यापार घाटा कम गर्न दीर्घकालीन रणनीति अवलम्बन गर्न आवश्यक छ। उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन, निर्यातमुखी उद्योगहरूको विकास, अन्तर्राष्ट्रिय 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।