०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन्।

शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारलाई प्रश्रय दिने, बेथिति बढाउने र अराजकता फैलाउने कार्यमा लागेको दाबी गरे।

दाहालले लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्ने भए पनि भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई जोगाउन सरकार लागिपरेको बताए। साथै, उनले २०८४ सम्म प्रधानमन्त्री हुने दौडमा नरहेको उल्लेख गर्दै आफू जनतासँग रहने प्रतिबद्धता जनाए। सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा नीति फरक नहुने बताउँदै उनले माओवादीले सधैं भ्रष्टाचारविरुद्धको लडाइँ लड्ने स्पष्ट पारे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।