सांसद नेम्वाङद्वारा इलामलाई शैक्षिक केन्द्र बनाउन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सांसद सुहाङ नेम्वाङले इलामलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले एसईई परीक्षा सुरु भएकामा विद्यार्थीहरूलाई शुभकामना दिँदै इलामको शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताए।

उनका अनुसार इलामको साक्षरता दर ८३ प्रतिशत भए पनि ग्रामीण विद्यालयहरूमा कक्षाकोठा, पुस्तकालय तथा आधुनिक उपकरणको अभाव रहेकोले विद्यार्थीको सिकाइ प्रभावित भएको छ।

त्यसैले उनले आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तार गर्दै इलामलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।