काठमाडौं । सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ६ गतेको भिडियो सन्देशप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले शाहले “श्री पाँच महाराजधिराज” शब्द प्रयोग गर्नु र शाही निशानाको झण्डा फहराउनु संविधानविपरीत रहेको बताए।
खतिवडाले २०६५ जेठ १७ गते शाही निशाना हटाएर राष्ट्रिय झण्डा राखिएको स्मरण गराउँदै संविधानमा “श्री पाँच महाराजधिराज” भन्ने कुनै व्यवस्था नरहेको स्पष्ट पारे।
उनले संविधान मान्ने–नमान्ने विषयमा सरकारको स्पष्ट जवाफ माग्दै यस्ता गतिविधि रोक्न आग्रह गरे
Comment