प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मिहेल पोप्सोइले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको छ। जलवायु परिवर्तन, शिक्षा, संस्कृति तथा व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा दुवै पक्ष समान धारणा राखेको बैठकमा उल्लेख गरिएको थियो।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनलाई गम्भीर रूपमा लिँदै हिमालदेखि समुद्रसम्मको सुरक्षाका लागि नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रम मा माल्दोभाको सहभागिताका लागि आग्रह गरेका छन्।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।