अनुकूल वातावरण बनिरहेको अवस्थामा अनावश्यक विवाद नगरौँ : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अनावश्यक विवाद नगरी एकजुट भई निर्णायक आन्दोलन गर्न आह्वान गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले भ्रष्ट शासन व्यवस्थाबाट मुक्ति, हिन्दू राष्ट्र पुनःस्थापना तथा राजसंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिु लाई समर्थन जनाउँदै सबै पक्षलाई एकजुट हुन आग्रह गरे।

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा गठन भएको ११ सदस्यीय समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापा पनि सदस्यका रूपमा रहेका छन्। तर, लिङ्देनले आफू समितिमा नरहने स्पष्ट पारिसकेका छन्।

थापाले वर्तमान परिस्थितिलाई अनुकूल बताउँदै आन्दोलनलाई सफल बनाउन एकताबद्ध हुनुपर्ने बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।