२८६ दिनको अन्तरिक्ष बसाइपछि पृथ्वीमा फर्किएका सुनिता र बुचको भव्य स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) का अनुभवी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर २८६ दिनको लामो अन्तरिक्ष यात्रा पूरा गरी बुधबार पृथ्वीमा फर्किएका छन्। उनीहरू स्पेसएक्सको क्रू-९ ड्र्यागन अन्तरिक्ष यानमार्फत फ्लोरिडाको मेक्सिको खाडीमा अवतरण गरेका हुन्।

यस मिशनमा नासाका निक हेग र रोस्कोस्मसका एलेक्सान्डर गोर्बुनोभ पनि सहभागी थिए। सुनिताको यस यात्रासँगै उनको कुल अन्तरिक्ष समय ६०८ दिन नाघेको छ।

सुनिता र बुच गत जुन ५, २०२४ मा बोइङ स्टारलाइनरमा आठ दिनको परीक्षण मिशनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए। तर, स्टारलाइनरमा थ्रस्टर खराबी र हेलियम चुहावटका कारण उनीहरूको फिर्ती सम्भव भएन। नासाले सेप्टेम्बर २०२४ मा स्टारलाइनरलाई चालक दलबिना नै फर्काएको थियो।

स्पेसएक्सको ड्र्यागन अन्तरिक्ष यान मार्च १८ मा आईएसएसबाट छुट्टिएर १७ घण्टाको यात्रापछि फ्लोरिडामा अवतरण गर्यो। पृथ्वीमा फर्केपछि सुनिता विलियम्सलाई हात हल्लाउँदै मुस्कुराइरहेको देखिएको थियो। उनीहरूलाई स्वास्थ्य जाँच र पुनर्वासका लागि ह्युस्टन लगिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।