परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच मंगलबारनयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा. देउवा र भारतीय विदेशमन्त्री डा. जयशङ्करबीच आज भेटवार्ता भएको हो।

भेटका क्रममा उनीहरूबीच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसीहितका साथै, पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो।

त्यस अवसरमा मन्त्री डा. देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी थिइन्।

नेपाल र भारतबीच पछिल्लो समय भएका द्विपक्षीय भेटवार्ता, भ्रमणहरूको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्राञ्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे पनि सो भे

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।