क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज बिहान ८:३० बजे शेयर बाँडफाँड सम्पन्न गरेको हो।

क्यापिटलका अनुसार आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए, जसमा १९ लाख ५५ हजार ६८५ जनाको आवेदन मात्र योग्य ठहरिएको छ। मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। जसअनुसार १ लाख ८४ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकहरू भने खाली हात परेका छन्। 

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ देखि फागुन २६ गतेसम्म सर्वसाधारणको लागि १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ रहेको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

यसअघि, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई छुट्टै कोटा छुट्याई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो। बोर्डले कम्पनीलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको स्वीकृति दिएको थियो, जसको कुल मूल्य २२ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ ।

लगानीकर्ताले  https://iporesult.cdsc.com.np/  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक  एनआइएमबि एस क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।