क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज बिहान ८:३० बजे आईपीओ बाँडफाँड गर्ने जानकारी दिएको छ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणको लागि १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ रहेको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

यसअघि, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई छुट्टै कोटा छुट्याई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो। बोर्डले कम्पनीलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको स्वीकृति दिएको थियो, जसको कुल मूल्य २२ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड नेपाल सरकारको कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजत प्राप्त संस्था हो। कम्पनीले सर्वसाधारणलाई बीमा सेवामा पहुँच पुर्‍याउने उद्देश्यसहित आफ्ना सेवा विस्तार गरिरहेको छ।

बाँडफाँडपछि आईपीओ नतिजा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको वेबसाइट तथा अन्य सम्बन्धित माध्यमबाट हेर्न सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।