२०८२ सालमा कुन-कुन दिन बन्द हुन्छन् बैंक ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं. २०८२ सालमा बैंक तथा वित्तीय संस्थाहरू बिदा हुने सूची सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको बिदाको सूची अनुसार २०८२ सालमा शनिबार बाहेक कुल ४७ दिन (दशैं-तिहार सहित) बैंक तथा वित्तीय संस्थाहरू आंशिक वा पूर्ण रुपमा बन्द हुने छन्।

यो वर्ष दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा तोकिएको छ । १२ वटा पर्व सम्बन्धित क्षेत्र, जाति वा सम्प्रदायका व्यक्तिले मात्रै पाउने व्यवस्था छ।

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती र गुरु नानक जयन्तीको दिनमा भने सरकारले तोके अनुसार बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।

आगामी वर्ष वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोकेको छ । यस अवधिमा बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय तोकिएको छ ।

त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यायल सयम १० बजेदेखि ४ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ३ बजेसम्म हुनेछ ।

शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुने राष्ट्र बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।