स्ववियु निर्वाचन : पद्‌मकन्या क्याम्पसमा नेविसंघको स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भूपि ऐर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि भूपि ऐरलाई आधिकारिक उम्मेदवार बनाएको छ।

स्ववियु सभापतिमा दुई जनाको उम्मेदवारी परेपछि नेविसंघले ऐरलाई आधिकारिक उम्मेदवारका रूपमा समर्थन गरेको हो। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पद्मकन्या क्याम्पसको स्ववियु सभापति उम्मेदवार ऐर रहेको स्पष्ट पारेका छन्।

सभापति शेर्पाको हस्ताक्षर रहेको पत्र पद्मकन्या क्याम्पसमा पठाइएको छ, जसमा लेखिएको छ, ‘नेविसंघको आधिकारिक समर्थन भूपि ऐर नेतृत्वमा दर्ता गरिएको प्यानललाई रहेको प्रस्ट पार्दछु।’

यसअघि नेविसंघबाट पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा भूपि ऐरसँगै पूर्णिमाया परियारले पनि उम्मेदवारी दर्ता गराएकी थिइन्। नेविसंघको निर्णयपछि ऐर आधिकारिक उम्मेदवारका रूपमा अघि बढ्ने निश्चित भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।