काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे गृह मन्त्रालयसँग छलफल गरेको छ।
छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।
अर्थमन्त्री पौडेलले सम्बन्धित निकायबीच समन्वय गरी बजेट ल्याइने बताउँदै नीति, कार्यक्रम र बजेटबीच समानता राख्नुपर्नेमा जोड दिए। उनले स्रोतसाधनलाई ध्यानमा राखी व्यावहारिक बजेट प्रस्ताव पेश गर्न आग्रह गरे।
Comment