संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न: मदन भण्डारी हत्याको छानबिन गर्न कसले रोक्यो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले मदन भण्डारीको हत्याको छानबिन गर्न माग गरेका छन्। आइतबार संसद् बैठकमा बोल्दै उनले मदन भण्डारीको हत्या गर्ने दोषी अझै पत्ता नलागेकोप्रति आपत्ति जनाए।

‘मदन भण्डारी हत्या कसले गर्‍यो? हत्या गर्ने व्यक्ति पत्ता लगाउँछु भन्ने व्यक्ति नै अहिले देशको प्रधानमन्त्री छ, तर किन अहिलेसम्म छानबिन भएन?’ शाहीले संसदमा प्रश्न उठाए।

उनले राष्ट्रपतिको पदमा एमालेकै नेता रहेको र दुई-तिहाइ बहुमतको सरकार हुँदा पनि छानबिन किन रोकिएको हो भन्ने विषयमा जवाफ मागे।

त्यस्तै, उनले हालको प्रजातान्त्रिक व्यवस्थामा हत्याराहरू नै उच्च पदसम्म पुग्ने स्थिति आएको आरोप लगाउँदै प्रत्यक्ष कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने माग गरे।

शाहीले जनताको हितका लागि राष्ट्रपतिको स्थानमा राजसंस्था पुनःस्थापना गर्दै राजासहितको प्रजातन्त्र आवश्यक रहेको धारणा राखे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।