८ महिनामा रोजगारीका लागि विदेशिए ५ लाख ३४ हजार नेपाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा मात्रै झन्डै साढे ५ लाख नेपाली युवाले रोजगारीका लागि देश छाडेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा मात्रै ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएका छन्। योसँगै चालु आवमा अहिलेसम्म ५ लाख ३४ हजार ४७१ युवाले विदेशिने अनुमति लिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ हजारले बढी हो।

नेपालबाट मासिक औसत ६६ हजार ८०८ युवा वैदेशिक रोजगारीका लागि गइरहेका छन्। प्रतिदिन औसत २ हजार २२७ युवा देश छोड्दै छन्।

यस वर्ष नेपाली श्रमिकको प्रमुख गन्तव्य युनाइटेड अरब इमिरेट्स (यूएई) रहेको छ। विभागका अनुसार फागुन महिनामा मात्र यूएईका लागि २५ हजार ११७ जनाले श्रम स्वीकृति लिएका छन्। ८ महिनामा यूएई जाने कुल संख्याको आँकडा १ लाख ७३ हजार २५० पुगेको छ, जुन कुल वैदेशिक रोजगारीको ३२.४१ प्रतिशत हो।

यूएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया प्रमुख रोजगारी गन्तव्य रहेका छन्। तर, मलेसियाको रोजगारी अवसरमा भारी गिरावट आएको देखिएको छ। गत वर्ष प्रमुख गन्तव्य रहेको मलेसिया यस वर्ष पाँचौं स्थानमा झरेको छ। फागुन महिनामा मात्र ३ हजार ७१५ जनाले मात्र

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।